काठमाडौं- निर्णायक खेलमा यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।
युएईस्थित इडेन गार्डेन ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले आयोजक राष्ट्र यूएईलाई अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो ।
जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो । युएईका लागि इथान काल्लले सर्वाधिक ५० रन बनाएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पुर्याएको योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।
उनले भने, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।”
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ ०९:०३