एजेन्सी- रियलको घरेलु मैदानमा बिहीबार राति भएको कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १–० ले पराजित गरेको छ ।
रियलका खेलाडीले आत्मघाती गोल गर्दा पहिलो लेगमा बार्सिलोनाले रियलमाथि जित हात पारेको हो ।रियलका डिफेण्डर एडर मिलिटाओले खेलको २६औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र ला लिगामा अल्मेरियासँग पराजित भएको बार्सिलोनालाई यो जितले केही राहत मिलेको छ ।
रियल र बार्सिलोनाबीचको दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको मैदानमा हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १०:२७