काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा) निकट नेपाल महिला संघले १ नम्बर प्रदेशको नाम षडयन्त्रपूर्वक ‘कोशी’ राखिएको भन्दै खारेजीको माग गरेको छ ।
१ नम्बर प्रदेश नेपाल महिला संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘कोशी’ नाम खारेज गरी पहिचानमा आधारित नाम राख्नुपर्ने माग गरेको हो ।
अध्यक्ष तारा दवाडी, उपाध्यक्ष गौरी थलङ लिम्बू र मुख्यसचिव प्रतिमा माखिमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सम्पूर्ण पहिचानवादी पक्षधरहरूको मर्म र भावना विपरित मिति २०७९र/११/१७ बुधबारका दिन १ नम्बर प्रदेश सरकारले ‘कोशी प्रदेश’ नामाकरण गरी आन्दोलनरत पक्षधरको पहिचान समाप्त पारेको छ ।
लिम्बूवान, किरात, किरात लिम्बूवान नामाकरणको ऐतिहासिक विरासत समाप्त पार्ने प्रदेश सरकारको निर्णयको घोर भत्सना गर्दै १ नम्बर प्रदेश नेपाल समाजवादी महिला संघ ‘कोशी प्रदेश’ खारेजीको माग गर्दछ ।’
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १५:५८