काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ। आइतबार ३०.७७ अंकले घटेको बजार १९३८.२५ बिन्दुमा झरेको छ । आइतबार कारोबार रकम समेत खुम्चिएको छ ।
२५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै उपसूचक ओरोलो लागे । सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३।०३ प्रतिशतको गिरावट आयो ।
आइतबार सबैभन्दा धेरै सुपरमादी हाइड्रोको मूल्य बढ्यो । यसको पहिलो कारोबार दिन थियो । यो कम्पनीको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्त, एनएमबी ५०, एनआईबीएल प्रगति फण्डसहितको मूल्य धेरैले बढेको छ ।
सामलिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्तसहितका कम्पनीको सेयर मूल्य समेत धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एसियन लाइफ, नविल बैंकसहितका कम्पनीको धेरै कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १५:४३