काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन ।
प्रधानमन्त्री दाहालले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन । प्रतिवेदनमा मन्त्रालयगतरूपमा गरिएका वार्षिक गतिविधि समेटिएको छ ।
सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १६:३७