काठमाडौं – होली पर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ६८ स्थानमा आज चेकिङ गरिरहेको छ।
सार्वजनिक विदा भएकाले सडकमा सवारीको चाप न्यून छ। ठाउँ-ठाउँमा ट्राफिक प्रहरी चेकिङ पोइन्ट बनाएर जाँच गरिरहेको छ।
होलीको बहानामा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न चेकिङ गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी अभिनारायण काफ्लेले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९ १२:०६