काठमाडौं– लायन्स क्लब इन्टरनेशनले साहित्यकार दिल पौडेललाई सम्मान गरेको छ । क्लबको १८ औं रिजन कन्फ्रेन्सको अबसरमा राजधानीमा सम्पन्न एक विशेष कार्यक्रममा साहित्यकार तथा समाजसेवी दिल पौडेललाई सम्मान गरेको हो । पौडेलले साहित्य लेखन तथा नेपाली भाषा साहित्य क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई सम्मान गरिएको हो ।
पौडेलले नेपाली गद्य कविता आख्यान,समिक्षा,समालोचना,गीत र पछिल्लो समय आठौं कृतिका रुपमा प्रकाशित ऐलानी घाममा नेपालमै सबैभन्दा धेरै २०७८ वटा हाइकु संग्रह प्रकाशन गरिसकेका छन् ।
नेपाली साहित्यमा उल्लेखनिय योगदान पर्याउनका सार्थै सामाजिक सेवामा समर्पित रहेकोका पौडेलले २०४८ साल देखी सिन्धुलीको दुधौली एबं बिभिन्न जिल्ला बाट प्रकाशन हुने अखबारहरुमा सम्बाददाता , सम्पादक र प्रकाशकका रुपमा काम गरिसकेका छन् । हाल उनी निजामती सेवा, दुधौली प्रज्ञा प्रतिष्ठानको अध्यक्ष तथा दुधौली एफ.एम.को अध्यक्ष समेत छन् ।
सम्मान पछी कार्यक्रममा बोल्दै साहित्यकार पौडेलले आँफु जिबित रहेसम्म समाजको बिकृती बिसंगतीको चिरफार गर्न साहित्यको माध्यमबाट निरन्तर कलम चलाउने बताए । उनले आवाज बिहिनहरुको आवाज को सारथी बन्ने बचनबद्धता समेत ब्यक्त गरे। कार्यक्रममा पौडेलले उनका २ गजलहरु समेत वाचन गरेको थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९ १२:३९