काठमाडौं– नेपाली बजारमा मंगलबार सुन तोलामा ३ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँ कायम भएको छ । सोमबार बन्द रहेको सुन आइतबार प्रतितोला १ लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख २ हजार रूपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९ ११:२०