काठमाडौं– प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्चमा दर्ता भएको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार मुद्दा फागुन २५ गतेलाई पेसी तोकिएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए ।
२०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९ १३:१४