दोलखा– दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । घाईतेमध्ये ७ जनाको अवस्था गम्भिर छ ।
दुर्घटनामा परी गम्भिर घाईते हुनेमा वैतेश्वर गाउँपालिका वडा नम्बर २ का सुनकुमार तमाङ, वडा नम्बर ३ का शम्भु दहाल, वडा नम्बर ६ का टुल्के नेपाली, सुनिता नेपाली, चित्र बहादुर नेपाली, लक्ष्मी नेपाली र कृष्ण मगर रहेका छन् । गम्भिर घाईते दुर्घटनामा परी घाईते भएका सवैलाई उपचारका लागि वैतेश्वर अस्पतालमा लगिएको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक तमाङले जानकारी दिए । दुर्घटनामा बोलेरो चालक बैतेश्वरका लीलाबहादुर दहाल पनि घाईते भएका छन् ।
नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो वडा नम्बर ६ नाम्दु डाँडागाउँमा दुर्घटना भएको हो । बोलेरो विच सडकमै पल्टिएको छ । अहिले प्रहरी घटनास्थलमा खटिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९ १५:०१