काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९४७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस बोनस वितरणसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने साधारणसभामा जानकारी दिइएको थियो ।
साधारणसभाले बैंकले आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षक नियुक्तिसम्बन्धीको प्रस्ताव पनि पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७५÷६५ मा ७३ खर्ब ३८ करोड निक्षेप परिचालन गरी रु.६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ साथै उक्त वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको जनाइएको थियो ।