घाम छेकिएझैं अँधेरो जिन्दगी चल्दैछ।
खै कसरी भनुँ अप्ठेरो जिन्दगी चल्दैछ।
तिमि संधै भरी खुसीले रमाउनु प्रिय
तिम्रै खुसीले यता मेरो जिन्दगी चल्दैछ।
कहाँ अनि के गर्दै छौ चिन्ता लागि हाल्छ।
तिमीले पो सम्झिन्नौ चिन्ता लागि हाल्छ।
प्रिय बिर्सिएर यो पागलले सम्झियो नभन्नु
मनमा बसेकी मान्छे हौ चिन्ता लागि हाल्छ।
जिवनमा कोही यादमा अर्कै कसरी बाँच्नु।
अब त यो जिन्दगी पनि खै कसरी बाँच्नु।
बरु बगाएरै सागर सम्म पुर्याइदिए हुन्थ्यो
यो नदीको दुई किनार भई कसरी बाँच्नु।
ऊ खै कतिखेर कतिखेर महान बन्न खोज्छ।
के सम्झेर कुन भूत चढेर महान बन्न खोज्छ।
मैले कसैलाई प्रगति गर्नु ठुलै बन्नु के भने थें
ऊ घर मै श्रीमती कुटेर महान बन्न खोज्छ।
कतै आगो हो कतै राप दिन मन छ।
यो समाजमा ठुलो छाप दिन मन छ।
कलम चलाएर के पाईन्छ भन्नेहरूलाई
छाती चिरेर हृदयको नाप दिन मन छ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९ ११:२४