काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसलाकाे पूर्णपाठ जारी गरेको छ ।
सर्वोच्चले लामिछानेविरुद्धको मुद्दामा फैसला गर्दै आगामी उपनिर्वाचनमा उम्मेदवार बन्न मिल्ने गरी फैसला गरेको हो ।
सर्वोच्चले माघ १३ गते लामिछाने विरुद्ध परेको मुद्दामा सुनुवाइ गरेको थियो।
उक्त सुनुवाईसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद समेत खारेज भएको थियो । सर्वोच्चले सोही फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो।
फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै लामिछानेले आगामी उपनिर्वाचनमा भाग लिन पाउनेछन् । निर्वाचन आयोगले वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन गर्ने जनाएको छ ।