काठमाडौं– नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता वापत निम्नानुसार भुत्तानी गरेको छ । दुईवटा वाइडवडीको किस्ता रकम रु. ६६ करोड ५५ लाख ९९ हजार सात सय सत्तरी र न्यारोवडीको रु ३४ करोड ८५ लाख ६४ हजार ६ सय तेइस रूपैयाँ गरी जम्मा रु १ अर्व १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे भुक्तानी गरेको नेपाल वायुसेवा निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।