काठमाडौं– नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक (अन्तर्राष्ट्रिय महिला दिवस) मा सम्पूर्ण महिला चालकदलका सदस्यहरुको टिमले काठमाडौंमा सुरक्षित अवतरण गरेको छ । निगमको उडान नम्बर आर.ए. २३० दुवई–काठमाडौं उडान अवतरण गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान चालकदलका सदस्यहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरेको थियो ।
यस उडानमा कमाण्डर पाइलट भावना गिरी पन्त, को–पाइलट श्रृजना रावत, आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी., र अनिशा प्रजापति रहेका थिए ।
यसअघि नेपाल वायुसेवा निगमको विमानबाट मिति २०७९÷११÷२१ मा पहिलो पटक पाइलट भावना गिरी पन्त र को–पाइलट श्रृजना रावत, दुई महिला पाइलटले ककपिट सम्हालेर काठमाडौं दुवई सरक्षित उडान गरेर निगमकै इतिहासमा दुई महिला पाइलटहरुले अन्तर्राष्ट्रिय उडान गरेका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९ १२:४३