दाेलखा- वि. स. १९७३ सालमा निमार्ण गरिएको जामुने पुल ब्राह्मण बन्धुले संरक्षण गरेको छ । स्थानीयलाई सुविधा दिन करिब ३ वर्ष लगाएर काँचो फलामबाट बनाइएको पुल ब्राह्मण समुदायले संरक्षण गरेका हुन् ।
त्यही जिल्लामा अवस्थित ठोसे फलाम खानीबाट काँचो फलाम ल्याएर वि.स. १९७० सालमा पण्डित छबिलाल आचार्यले तीन वर्ष लगाएर वि. स. १९७३ सालमा पुल निर्माण गरेका थिए ।
त्यस बेला जामुने पुलमा दुईटा साङ्ला मात्र राखिएको थियो । पुलले गौरीशंकर गाउपालिका ८ तत्कालीन खारे गाउँपालिका विकास समिति-३ र बिगु गाउपालिका-३ तत्कालीन बुलुङ गाउँपालिका विकास समिति -२ लागयतको समुदाय लाई आवतजावतमा सहजता पुर्याएको थियो ।
तर, वि.स. २००४ सालमा प्रयागराज आचर्य, कमलप्रसाद आचर्य, कलाधर आचर्य, गौरिकान्त आचर्य, देउदत्त आचर्यले व्यक्तिगत खर्चमा दुइटा साङ्ला थप गर्दे पुललाई व्यवस्थित बनाएका थिए।
पछिल्लो अवस्थामा ब्राह्मण समुदायबाट नै ब्यवास्थपन रहदै आएको झोलुङ्गे पुल वि.स. २०७२ सालको महाभुकम्प बाट क्षति भएको थियो ।
ब्राह्मण बन्धुको आपसी छलफलबाट अमृत कुमार आचर्यको नेतृत्वमा ब्राह्मण समुदायकै खर्चमा संरचनालाइ जगेर्ना गर्ने उदेश्यका साथ वि.स. २०७९साल फाल्गुन ९ गतेबाट जिर्नोद्वार पुल निर्माण कार्य सम्पन्न भएको छ ।
निर्माणको ६०% कार्य सम्पन्न भएको निर्माण नेतृत्वकर्ता अमृत कुमार आचर्यले जानकारी दिएका हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९ १६:२०