काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद – एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्तालाई विभिन्न उपहारको योजना सार्वजनिक गरेको छ । योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल–अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद ए.टि.एम., एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पि.ओ.एस., एन्जाज सेन्टर मा उपलब्ध भएको जनाएको छ । यस योजनाअन्तर्गत ६ जना बिजेताले निःशुल्क हवाई टिकट, २४ जनाले ५ ग्राम सुनका सिक्का, ४५ जनाले सिटीम्याक्सको सपिङ भौचर र अन्य आर्कषक पुरस्कारहरू जित्न सक्नेछन् । यो योजना ३ महिनाको लागि (जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुने जनाइएको छ ।