काठमाडौं - जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।
नेता रामसहाय प्रसाद यादवलाई बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारि समिति बैठकले उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।
रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ १७:३३