काठमाडौं - अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले निर्माण उपकरणबारे सैद्धान्तिक र व्यावहारिक सत्रहरूको निःशुल्क तालिम सुरु गरेको हाे ।
यस अभियान अन्र्तगत सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान सहितको निःशुल्क तालिम प्रदान गरिनेछ । उक्त तालिम मार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिइएको छ ।
यस्ता अभियानह?ले महिला सशक्तिकरणमा जोड दिदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिइएको छ ।आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, “निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ ।
“यो निःशुल्क तालिम प्रदान गरेर, हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं ।"उनले भने ।
यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुल्ला हुनेछ । तालिमको अन्त्यमा, सहभागीहरूले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछ, जसलाई सम्भावित रोजगारदाताहरूलाई आफ्नो नयाँ प्राप्त सीपहरू प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ ।
हाम्रो अभियानको बारेमा थप जान्न र निःशुल्क प्रशिक्षण कार्यक्रमको लागि आवेदन दिन, कृपया हामीलाई यस नम्बरमा९८०११०८९२२ सम्पर्क गर्न सकिने जनाइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ १८:२५