कमलादी- सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको स्थानियबासी तथा वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुमा शेयर बाँडफाँड गरेकाे छ ।
बिहीबार सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ईलाम जिल्लामा स्थाई बसोबास गर्ने स्थानियबासी व्यक्तिहरुको लागि निकालेकाे ११,२०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका बाँडफाँड सम्पन्न गरेको हाे ।
नेपालीहरुको लागि निकालिएको ४,३६,८०० कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको छ ।
स्थानियबासीको हकमा १० कित्ता देखि ३,००० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,१५० कित्ता देखि १०,००० कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३,०८० कित्ता र ३,१५० कित्ता देखि १०,००० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११,२०,००० कित्ता शेयर बाँडेकाे छ ।
विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५,००० कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५,००० कित्ता सम्म आवेदन दिने ९,५४१ जना मध्ये गोलाप्रथाबाट ६८३२ जनालाई थप १० कित्ता गरी जम्मा ४,३६,८०० कित्ता शेयर बाँडफाँड भएको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ ०८:२८