काठमाडौं– सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रूपैयाँको १५ प्रतिशतको ८९ करोड ९८ लाख ७५ हजार रूपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्तां शेयर र सामूहिक लगानी कोषहरूको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
यता सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर कम्पनीले बिक्री गर्न लागेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयावधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ ११:२३