काठमाडौं–न्यायाधीश ईश्वर खतिवडाको इजलासमा प्रचण्डको मुद्दा परेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो । न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको आज शुक्रबार सुनुवाई हुने भएको छ ।
प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए । रिटमाथि सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार तोकिएको पेसी हेर्न नभ्याइने भन्दै शुक्रबारलाई सारिएको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १२:०२