काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा नाउपा अध्यक्ष एवं संसदीय दलको नेतासमेत रहेकी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।
उनका अनुसार शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा भइरहेका बेला अन्य पार्टीले भने यस विषयमा कुनै निर्णय गरेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १२:१९