काठमाडौं– सुपरस्टार अन्मोल केसीको फिल्म २.० छड्के फल्प भएको छ । फिल्म असफल भएसँगै उनका प्यानहरु यतिबेला निराश भएका छन् । फिल्म असफल भएपछि भने अनमोलले सामाजिक सञ्जालमा एक पोष्ट गरेका छन् । उनको पोष्टमा लेखेका छन् , ‘ मलाई थाहा छ, मैले २.० छड्केु मार्फत मलाई माया गर्ने दर्शक हरुलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगे वहाँहरुलाईनै निराश बनाउदा म झनै दुखी भएको छु ।’ २.० छड्के अन्मोलको नवौं फिल्म रहेको छ ।
नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्थियो, यहाँनेर म चुक्न पुगे । बिस्वस्त हुनुस, यो समय पनि बितेर जान्छ, घाम डुबेपछी फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलीको सुनौलो बिहानी मेरा दर्शक संग साट्नेछु, दुखेका घाउ हरूमा मल्हम लगाउने छु उनले लेखेका छन् ।
उनले अफु अहिले सुन्यमा रहेको बताउर्दै उनको करियर्को पहिलो सिनेमा ,दशौ सिनेमा हुने भनेका छन् । अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमा बाट हुनेछ । जब सम्म शुभचिन्तक र दर्शक हरूको साथ र सहयोग रहि रहने छ मेरो कोसिस निरन्तर जारी रहने छ । पशुपतिनाथले हामी सबैको कल्याण गर्नु हुनेछ “ उनले लेखेका छन् ।