काठमाडौं – नेपाली बजारमा आइतबार सुन तोलामा १ हजार ७ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ३ हजार रूपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार २४५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २२० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ ११:००