काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान रोहित कुमार पौडेल ३८औं ओभरको तेस्रो बलमा आउट भएका हुन् ।
रोहितले ७७ रन बनाएर आउट भए । उनलाई यूएईका आयान खानले क्याच आउट गराए ।
नेपालले ३८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १६२ रन बनाएको छ । अहिले नेपालका लागि आरिफ शेख र गुलशन झा क्रिजमा छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १२:३७