काठमाडौं– उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चार जनाको उम्मेदवारी कायम भएको छ ।
शनिबार मनोनयन दर्ता गरेका उम्मेदवारको उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।
मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा, प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो ।
शनिबार जसपाबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरूद्ध उजुरी परेको थियो । उजुरीमाथि जाँचबुझ गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी पनि कायम गरेको छ ।
१० दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो । जसपाले प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने बताएको छ।