काठमाडौं–अमेरिकाको लस एन्जलसमा ९५ औँ एकेडेमी अवार्ड सम्पन्न भयो । अवार्डमा भारतीय फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा सन् २०२३ को ओस्कर अवार्ड जित्न सफल भएको छ । ओस्कार जित्ने पहिलो भारतीय गीत नाटु–नाटु निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत हो ।
गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिए । यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो।
ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । यसबाहेक निर्देशक शौनक सेनले बनाएको डकुमेन्ट्री ‘अल दैट ब्रेथ्स’ उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म विधामा अवार्ड पाउन सकेन ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १०:२८