काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज लण्डन जाँदैछन् ।
लण्डनमा फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर लण्डन जान लागेका हुन् । उनीसँगै अन्य ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।
टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १०:४२