काठमाडौं– दीपिका पादुकोण सोमबार लस एन्जलसमा भएको ९५औँ एकेडेमी अवार्ड रेड कार्पेटमा प्रस्तुतकर्ता मध्य एक थिइन् । दीपिकाले ओस्कारमा ड्वेन जोन्सन, एमिली ब्लन्ट, रिज अहमद, ग्लेन क्लोज, स्यामुएल एल ज्याक्सन, माइकल बी जोर्डन र जोनाथन मेजर्स लगायतका साथमा प्रस्तुतकर्ता हुने मौका पाईन् ।
अवार्डमा दीपिका एक क्लासिक कालो लुइस भुटनको पोशाक मा सजिएकी थिइन्। ओस्कारको उनको लुक्सको यतिबेला चर्चा भइरहेको छ ।
दीपिका पादुकोणले ओस्कारमा राहुल सिपलीगन्ज र काला भैरवको लाइभ नाटु नाटू प्रस्तुति प्रस्तुत गरिन्। ९५औं एकेडेमी अवार्डमा भारतको लागि ठूलो वर्ष समेत रह्र्यो । अवार्डमा आरआरआर फिल्मको गीत नाटु नातु र द एलिफन्ट व्हिस्परर्सले उत्कृष्ट वृत्तचित्र जित्न सफल भयो ।
दीपिकाले 2017’s XXX: Return of Xander Cage बाट हलिउडमा डेब्यू गरेकी थिइन् । त्यसबेलादेखि दीपिकाले धेरै अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा भारतीय सिनेमाको प्रतिनिधित्व गरिसकेका छन्। सन् २०२२ मा, दीपिका प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्यहरू मध्ये एक थिइन्।
गत वर्ष, उनले इकर क्यासिलाससँग फिफा विश्वकप २०२२ को ट्रफी अनावरण गरेकी थिइन्। गत वर्ष नै उनले पेरिस फेसन सप्ताह, लुइस भुटन २०२३ क्रूज शो मा पनि भाग लिइन्। पछिल्लो केही वर्षयता उनले मेट गालामा पनि नियमित सहभागी हुँदै आएकी छिन् ।