काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीले नेपाललाई ९६ रनको चुनौती दिएको छ ।
टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले खराब प्रदर्शन गर्दै नेपाललाई झिनो लक्ष्य दिएको हो । पपुवा न्युगिनीले ३२ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९५ रन बनायो । नेपाली बलरको किफायती बलिङमा पपुवा न्युगिनीका ब्याटर सस्तैमा समेटिए । कप्तान असद भालाले २०, सेसे बाउले १८, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले १० ओभरमा एक ओभर मेडन राख्दै २५ रन खर्चिएर पाँच विकेट लिए ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ ११:५०