काठमाडौं – उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी९जसपा०की सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्।
गठबन्धनका तर्फबाट साझा उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले यादवले सोमबार उम्मेदवारी फिर्ता लिएकी हुन्।
यादव राजनीतिक, आर्थिक र सामाजिक(सांस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक(पटक भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफूपछि हटेको जानकारी दिइन् ।
‘अब उपरान्त म उपराष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेश सभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु ।’ यादवले जारी गरेको विज्ञप्तिमा निभएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १३:२४