काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिएको छ ।उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएको थियो ।
राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराएको छ ।
साथै उनले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गरेको छ
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १५:२८