काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार काठमाडौंमा आयोजना गरिएको सभामा वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीको अध्यक्षतामा लाभांश पारित गरेर कम्पनीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको हाे ।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सभामा स्वागत मन्तव्य राखेका थिए । एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ ।
साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।
सभाका अध्यक्ष सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरुप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा धन्यवाद ज्ञापन गरे ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेकोे छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १८:४६