काठमाडौं – नेपाली बजारमा मंगलबार सुन तोलामा १ हजार ६ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ५ हजार २ सय निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलमा ४५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ ११:०६