बीरगंज–अवैध रूपमा भंसार छली नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ ओसार पसार गरेका विभिन्न सामान पक्राउ परेका छन् । सो क्रममा तालुक २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज महानगरपालिका–५ गेट नं.६ बस्ने कोमल गुप्ताको घरमा नामथर वतन नखुलेको व्यक्तिले कोठा भाडामा लिई अवैध रूपमा भण्डारण गरी राखेको काठमा लगाउने चपरा ५ बोरा (१ बोरामा १०० के.जी.भएको ), जुत्ता ३७ जोर, बेड सेट ताना ११ पिस, साडी ६६ थान, पेटीकोटको कपडा ११ थान, कुर्ता सुरवालको कपडा २६ थान, नेट चोलाको कपडा १०, पर्दाको कपडा १० थान, पाइन्टको कपडा २३ थान, गाडीको ब्रेकसोल १५ पिस र तुलसी १ बोरा समेत गरि अंदाजी मुल्य ५ लाख बरावरको माल–सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई १८ गते आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाएको कुरा पर्सा प्रहरीले जनाएको छ ।