काठमाडाैं - विश्व च्याम्पियन इङ्ल्यान्डसँगकाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बङ्लादेशले क्लीन स्वीप गरेकाे छ । तेस्राे तथा अन्तिम टी–२० क्रिकेटमा इङ्ल्यान्डलाई १६ रनले हराउँदै बङ्लादेशले तीन खेलकाे शृङ्खलामा क्लिन स्वीप गरेकाे हाे ।
बङ्लादेशले दिएकाे १ सय ५९ रनकाे लक्ष्य पछ्याएकाे इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रनमात्र बनाउन सक्याे । इङ्ल्यान्डका लागि डविड मालनले ५३ र जस बटलरले ४१ रन बनाए । बलिङतर्फ बङ्लादेशका तस्किन अहमदले २ तथा तनभिर इस्लाम, शाकिब अल हसन र मुस्ताफिजुर रहमानले १/१ विकेट लिए ।
यसअघि ढाकामा टस हारेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५८ रन बनायाे । बङ्लादेशका लागि लिटन दासले ७३ र नजमुल हाेसैन शान्ताेले नटआउट ४७ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका आदिल रशिद र क्रिस जाेर्डनले १/१ विकेट लिए ।
बङ्लादेशले इङ्ल्यान्डलाई पहिलाे खेलमा ६ विकेट र दाेस्राे खेलमा ४ विकेटले हराएकाे थियाे । इङ्ल्यान्ड सन् २०२२ मा भएकाे टी–२० विश्व कपकाे च्याम्पियन हाे ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ १९:४५