काठमाडाैं- आज बिहीवार देशका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको मौमसविद् गंगा नगरकोटीले जानकारी दिए ।
उनका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यो प्रभावका कारण अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएकाे छ ।
दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ । तर काठमाण्डौमा भने पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।
‘काठमाडाैंमा पानी पार्ने प्रणाली कमजोर देखिएको मौसमविद्गंकाे भनाइ छ । तर प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले एकै छिनमा बादल विकसित भई पानी पर्ने भएकाले बेलुकी पख हल्का वर्षा पनि हुन सक्ने बताइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ ०७:४५