काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बिहीबार तोलामा एक हजार रुपैयाँले बढ्दै बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो ।
२०७९ फागुन १२ गते हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ ११:१२