काठमाडाैं - भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा घटेर आएको छ ।
अमेरिकामा गत हप्ता दुई वटा बैंक टाट पल्टेपछि त्यसको असर कच्चा तेल मूल्यमा परिरहेको एजेन्सीले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ६८ डलरसम्म कारोबार भए लगतै कच्चा तेलको मूल्य घटेर कारोबार भइरहेको छ ।
दुई दिनदेखि केही घटेर कारोबार भए पनि आइओसीले पछिल्लो १५ दिनको कारोबारको औसत मूल्यलाई आधार मानेर नेपाललाई मूल्य सूची पठाउने गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
‘क्रुड आयलको मूल्य घट्नु् नेपाललाई फाइदाको विषय हो । यही दरमा कारोबार भइरहेमा आगामी मूल्य सूची आउँदा फराकिलो अंकले घटेर आउन सक्छ ।’–उनले भने ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १६:३६