काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएकाे छ ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)पराजित गर्दै आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजबाट क्वालिफानलमा पुगेको हो ।
यूएईले ३११ रनको लक्ष्य दिएको नेपाललाई दिएकाे थियाे । खराव प्रकाशका कारण डक वर्थ लिविस(
Duckworth–Lewis–Stern method) विधिबाट युएइलाई ९ रनले पराजित गरी इतिहास रच्दै नेपाल पहिलोपटक विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको छ।
युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको २६९ रन बनाएको थियो । त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो । युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे ।
नेपालको जितमा चार जनाले अर्धशतक बनाए । भीम कार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने कुशल भुर्तेल र गुल्सन झाले समान ५० रनको योगदान गरे ।यो जितसँगै नेपाल ४० अंककासाथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ ।अब जिम्बाब्वेमा विश्वकप छनोटमा नेपालले खेल्ने छ ।
[caption id="attachment_57804" align="alignnone" width="2560"]
[/caption]