काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरूबीच आज बिहान शीतल निवासमा भेटघाट गर्न बोलाएका छन ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरू काठमाडौंमा आएका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ ११:४९