एजेन्सी - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौं वर्षगाँठको अवसरमा शनिबार क्रिमियाको भ्रमण गर्नुभएको छ ।
‘ब्ल्याक सी’को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गरेका थिए ।
“हाम्रा राष्ट्रपति भ्लादिमिर भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने तरिका थाहा छ । राम्रो तरिकाले,” रज्भोजायेवले रूसी सामाजिक सञ्जाल टेलिग्राममार्फत् भने ।
पुटिनले भिडियो लिङ्कमार्फत बाल कला विद्यालयको उद्घाटनमा भाग लिने उनले बताए । “तर भ्लादिमिर भ्लादिमिरोभिच पुटिन कुनै पूर्वघोषित कार्यक्रम विना नै अकस्मात आँफै गाडी चलाएरै क्रिमिया पुगेका थिए ।
क्रिमियाका लागि ऐतिहासिक मानिएको यो दिनमा राष्ट्रपति सधैं सेवस्तोपोल र सेवस्तोपोलका जनताको साथमा रहँदै आएको रज्भोजायेवले बताए ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ०९:२९