काठमाडौं– पछिल्लो समय नेपाली फिल्मले राम्रो ब्यापार नगरी रहेको अवस्थमा ‘प्रेम संसार’ले राजधानीका तीन वटा हलमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । गत २७ मंसिरदेखि सिनेमाघरमा आएको ‘प्रेम संसार’ले आइतबार ५१ दिन मनाएको हो ।
सोनी फिल्मसको प्रस्तुतिमा बनेको फिल्म ‘प्रेम संसार’ राजधानीका गोपी, अष्टनारायणा र गुण सिनेमा गरी तीन वटा हलमा ५१औँ दिन पूरा गरेको खुशीयालीमा निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रम गरी खुशी साटेको गरेको छ । सो अवसरमा ‘प्रेम संसार–२’को घोषणा गरिएको छ ।
निर्माता संघका अध्यक्ष नायक तथा निर्देशक आकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फिल्ममा आबद्ध टीम, अतिथि तथा सञ्चारकर्मीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
प्रेम सोनी सुनारले निर्माण गरेको ‘प्रेम संसार’मा उनी आफैँ मुख्य भूमिकामा छन् भने राम गौतमले फिल्मको निर्देशन गरेका हुन् । ५१औँं दिनको कार्यक्रममा निर्माता तथा कलाकार प्रेमबहादुर सोनीले आफू नयाँ भएपनि आफूले गरेको कामले सफलता पाएकोमा खुशी ब्यक्त गरे ।
लभस्टोरी जन्रको चलचित्र ‘प्रेम संसारमा’ प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल विक, यमबहादुर विक, विजय सुनार, टंक मरासिनी, किशोर पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।