काठमाडौं– दोलखामा पुन दोस्रो पटक हिमपात भएको छ । दोलखाको पर्यटकिय स्थल कालिन्चोक , शैलङ ,खरिढुङ्गा गौरीशंकर सोथली लगाएतका स्थानहरुमा उच्च हिमपात भएको हो ।
यस अगि गत फागुन १४ गत्ते यस वर्षकै पहिलो हिमपात भएको थियो । हिजो शनिबार बेलुका देखि यस वर्षको दोस्रो हिमपात भएसँगे चिसो बढेर जनजीवनमा समेत सामान्य प्रभाव परेको छ ।
पर्यटकहरु बिशेष आवतजावत गर्ने मौसम भएकोले यस हिमपातले बिशेष महत्व राख्ने र पर्यटकको सङ्ख्या मा वृद्धि भै होटल ब्यबसायमा पनि थप टेवा पुग्ने होटल ब्यबसायी चन्द्र लामाले बताए ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १०:५९