काठमाडौं– काठमाडौंको हायात होटलमा साफिस ईन्टरनेशनलको ईन्डोक्राइन सम्मेलन सु– सम्पन्न भएको छ । कार्यक्रम चौत्र ३ र ४ गते सम्पन्न भएको हो ।
यस कार्यक्रम क्ब्ँभ्क् SAFES (South Asian Federation of Endocrine Societies) एवं डायबेटिज नेपाल आयोजनामा DEAN (Diabetes and Endocrinology Association of Nepal), International Society of Endocrinology (ISE), European Society of Endocrinology (ESE), Society of Internal Medicine of Nepal (SIMON) तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो ।
यस अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रिय स्तरका विज्ञहरुबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूको बारेमा अनुसन्धान मूलक कार्यपत्रहरु पेश गरिनेछ। यसै सिलसिलामा SAFES अन्तर्गत रहेका विभिन्न विज्ञहरु द्वारा दक्षिण एसियाली स्तरिय अनुसन्धान गरि मोटोपना सम्बन्धि जनचेतना जगाउने हेतु The Kathmandu declaration -Obesity in the South Asian Region: an exigency statement प्रस्तुत गरिएको छ।
विश्वमा महामारी जस्तै फैलिएको मधुमेहले दक्षिण एसिया अछुत रहन सक्दैन साथै यस समस्याले मधुमेह भएका व्यक्तिलाई मात्र हैन उहाँको परिवार र सिङ्गो समाजलाई नै मानसिक र आर्थिक रूपमा नकारात्मक प्रभाव पार्दछ। त्यसै कारण मधुमेहले गर्दा हुने नकारात्मक प्रभावलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै सम्बोधन गर्न जरुरी छ। मधुमेहको उपचारत्त चिकित्सक, विरामी तथा परिवारका सबै सदस्यहरु मिलेर यस समस्याको समाधान गर्न आवान डायबेटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछुयौं गरे ।
सम्मेलनको अध्यक्षता नेपालकी बरिष्ठ इन्डोक्रिनोलोजिस्ट डा.डीना श्रेष्ठले गरेको थियो । डायबेटिज नेपालका सचिब कैलाश प्रधानले स्वागत गर्नु भएको सो समारोह प्रमुख अतिथी महिला उद्यमीअम्बिका श्रेष्ठले पानसमा दिप प्रज्जवन गरि उट्घाटन गरेको थियो ।
नेपालका सबै जिल्लामा पछिल्लो समय गरिएको एक अध्ययनले २० वर्षमाथिका जनसंख्या मध्ये ८.५ प्रतिशतमा मधुमेह देखिएको डा।सत्यन राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार नेपालमा ३ वर्षअघि सम्म ४–५ लाखको संख्यामा मधुमेहका बिरामी रहेको अध्ययनले देखाएका थिए ।
सम्मेलनमा भारत, पाकिस्तान, बंशलादेश, श्रीलंका, माल्दिभ्ससहित विभिन्न देशका चिकित्सकको उपस्थिति छ ।
शुक्रबार सम्मेलनको उद्घाटन शत्रमा महजोडीले निर्माण गरेको मधुमेह सम्बन्धी चलचित्र प्रदर्शन समेत गरिएको थियो । हरिवंश आचार्यले यसै सिलसिलामा “मह” जोडि, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित वृत्तचित्र ”मधुमेह भाग–२” को । यो चलचित्र नेपाल टेलिभिजनबाट प्रसारण गरिने र युट्युबमा समेत राख्ने आचार्यले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथी रहेको महिला उद्यमीअम्बिका श्रेष्ठले मधुमेहले रोगीलाई मात्रै नभएर समाज, परिवारलाई समेत असर पार्ने बताए । नेपाल डायबेटिज सोसाएटीलाई Life Time Achievement Award पुरस्कृत गरिएको थियो ।
तस्विर : अनुप प्रधान
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ११:५८