काठमाडाैं - हाल स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभर आँशिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएकाे हाे ।
मौसम पूर्वानुमान बुलेटिनका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ ०८:५९