वीरगञ्ज– रेबिज विरुद्धको खोप दिने अभियान विरगञ्ज महानगरपालिकाले सुरु गरेको छ । आज बिहान वीरगञ्जको नयाँ बसपार्कमा कुकुरलाई द जेन गुड इन्स्टिच्युट नेपालका प्रविधिकहरुले कुकुरलाई रेबिज विरुद्धको खोप दिएको हो ।
सामुदायिक कुकुरको बढ्दो जनसङ्ख्यालाई नियन्त्रण गर्न र सर्वसाधराणलाई रेबिजजस्तो प्राणघातक रोगबाट जोगाउन सामुदायिक कुकुहरुलाई पक्राउ गरी उनको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने अभियान सुरु गरिएको महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १०:२९