काठमाडौं– नेपाल राष्ट्र बैंकले आज सोमबारको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंक अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.३९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२३ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.२१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.०५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २९. ५२ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १०:४६