काठमाडौं– मन्त्रिपरिषद्ले प्रहरीका ५ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बढुवा समितिको सिफारिसलाई सदर गरेको प्रधानमन्त्रीको कार्यालयका एक जना अधिकारीले जानकारी दिए ।
अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ ११:२४